तर्कदैछ जिन्दगी
किन यस्तो भएको जिन्दगी | जति अगाडी बढ्न खोज्दा पनि तर्कदै जान्छ | सगरमाथाको शिरमा पुग्न खोज्छु भन्छ मन तर आधा बाटो नपुग्दै लर्खरायर यी पाइलाहरु लडीहाल्छ | के गर्दा यो जिन्दगीलाई म सहि बाटोमा सहयात्री बनाउन सक्छु | सबै मानिसहरु भन्छन् जिन्दगी एक पलको हो भनि तर म भन्छु जिन्दगी पल पलको हो र क्षण, क्षणको हो | किनकि जिन्दगीले हरेक पटक तड्पाइ राखेको हुन्छ | हरेक पटक कुनै न कुनै कुरा सामना गर्नु पर्छ तर मानिस जान्दैन | जान्दछ त अरुको चित दुखाउने काम, अरुलाई दुखी बनाउने काम र अरुको सपनालाई चकनाचुर बनाउने काम | के यस्तो हो जिन्दगी? जिन्दगी त यस्तो हुनुपर्दछ कि सबैजना खुसि, हासोको पल र माया दिन सकोस | पल, पल रुवाउने, दुखी बनाउने पनि जिन्दगी हो र ? मानिस भएर जन्म लिएपछि धेरै कुराहरु भोग्नु पर्दो रहेछ | धेरै कुराहरुलाई वा अफ्ठ्यारा कुराहरुलाई पनि सहजै स्वीकार गरेर जिन्दगीको डायरीलाई पल्टाएर लेख्दै जादा अनेक कुराहरु पनि लेख्नु पर्दो रहेछ | अब त यस्तो पनि लाग्न थाल्यो कि बाचेर पनि कसैलाई केहि दिन सक्दिन र मरेर पनि कसैलाई शान्ति भएर बाच्न दिन सक्दिन | यदी मेरो मृत्यु भयो भने पनि कति लाल्छना वा नराम्रा आरोप लाग्ने छ, दाग मेरो इज्जत माथि लाग्ने हो कि ? मेरो घर परिवारको हालत के हुने हो ? बाचेर पनि त केहि गर्न सक्दिन | लाग्दैछ यो सहरमा आएर गल्ति गरे | यी महल भित्र रहेका कोठाको ४ भित्तामा मनका आबेग ठोकिएर आफै माथि आउछ अनि आफ्नै मनमा शान्ति पाउदिन | तर म यस्तो व्यक्ति बन्न चाहान्छु कि खुल्ला आकासको छानो र ढुंगाको सिरानी लगाएर मस्तसँग अनन्त कालसम्म निदाउन सकु | के गर्नु आफुले सोचेको जस्तो यो जिन्दगीमा हुने भए सबैभन्दा खुशी भएर बाच्ने थिए यो संसारका सबै मानिस सरह | जहाँ इच्छा त्या उपाय भन्छन | इच्छा लागेको कुरा त जसरी भएनी पाईन्छ रे | के यो उखान सहि हो ? तर लाग्दैछ कि मेरा इच्छा पुरा गर्न मैले मेरा साना-ठुला उपलव्धि गुमाउनु पर्छ | मेरा इच्छाहरु पुरा नहुदै धेरै गुमाएको पनि छु | के गर्नु यस्तै सोचेर मनलाई बुझाउन पर्यो | नभए बाच्ने आधार कसरी बनाउनु र ? जिन्दगीको यात्रामा कुनै एउटा बिन्दु वा सरल रेखामा हिड्छु भन्दा का सकिंदो रैछा र ? एउटा भत्किसकेको मानिसलाई हावाको एक झस्कोले समेत यो सिधा बाटोमा हिड्न दिदैन | एक्लै हिड्दा निर्जीव बस्तु मात्र भेटिन्छन र त्यलाई चलाउन थाल्यो भने आफैलाई घात गर्ने काम मात्र हुन्छ | किनकि त्यो निर्जीव बस्तुले कसैको कुरा सुन्दा पनि सुन्दैन | त्यसैले आज म भगवान सामु शिर निहुराएर भन्छु हे भगवान अब मलाई कसैको साथ चाहिन्दैन | अब म एक्लो बाच्ने सक्ने भैसकेको छु | अब चाहिन्दैन कसैको सहानुभूति, चाहिन्दैन तिम्रो त्यो छोडी जाने साथ, एक्लै आए यो संसारमा एक्लै हिड्ने छु अनि एक्लै जानेछु यो संसारलाई छोडेर | यदी एक्लै हिड्दा कतै लडीहलेछु भने बाटोमा बटुवाले मलाई साथ दिए भने दिए, दिएनन् भने बाटोमै मर्नेछु | मर्नलाई के को डर अब यी रित्तो हात लिएर रित्तो मन लिएर कसैको आशा छैन | भन्छन सानो काडाले बिजे पनि बिजेकै हो ठुलोले नी बिजेकै हो मलाई थाहा छ मैले यी कुराहरु जति बिर्सिन प्रयत्न गरे नी सक्दिन तर पनि अब यी बिजेका काडाहरुका खिल निकाल्न सक्ने बनाईदेउ र म आफै पनि कोसिस गर्ने छु | कसम भगवान बाचा गर कि मलाई तिमीले जिन्दगी भर साथ दिन्छौ भनेर |
–सुरजको डायरीबाट

0 Comments